गोकुलधामलाई माछापुच्छ्रे बैकंको १० लाख सहयोग

पाेखरा | असार ५, २०८१

गोकुलधामलाई माछापुच्छ्रे बैकंको १० लाख सहयोग

पोखरा:   पोखरा महानगरपालिका १४ (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले नगद रु १० लाख सहयोग प्रदान गरेको छ ।

 

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन केसीले बताउनुभयो । 

 

उहाँका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने केसीको विश्वास छ ।

 

गौशालालाई उक्त सहयोग उपलब्ध गराएर बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पाएकामा आफूहरूलाई गर्व लागेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताउनुभयो ।  स्व.सिताराम के।सीको सक्रियतामा पोखराबाटै स्थापना भई सञ्चालनमा रहेको माछापुच्छ्रे बैङ्क नेपालको बैङ्किङ क्षेत्रको अग्रणी वित्तीय संस्था मध्येको एक हो । 

 

सहयोग ग्रहण गर्दै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार भागवत आदि शास्त्रका वाचक युवा पण्डित कमलनयन गौतमले बैङ्क प्रति आभार प्रकट गर्नुभयो । गोकुलधाममा रहेका पशुचौपायहरुको पालनपोषणका लागि विभिन्न दाताहरूबाट सहयोग आउने क्रममा जारी रहँदा बैङ्कले गरेको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बापत नगद रु .१० लाख बराबरको सहयोग निकै महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

 

बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले सरोकारवाला सबैलाई घचघच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको बताउनुभयो । 

 

“यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठ मात्र होइन, नजरले हेर्‍यो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चीकै गौशाला हुन्छ, गौतमले भन्नुभयो, यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउन होइन यो, कान्जी हाउस पहिला थियो, अव यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।” गोबर र गौमुत्रको प्रशोधन गरी दशौँ रोपनी बन्जर जमिनलाई अर्ग्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उहाँले बताउनुभयो । 

 

गोबंस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन भन्ने कुरा जगतलाई स्मरण गराउनका लागि यो अभियानको थालनी गरिएको उहाँले बताउनुभयो । गौशाला विशुद्ध गौ मातासँग जोडिएर गर्न सकिने उपचारका पद्धतिहरू, अध्ययनका विद्याहरू, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामाग्रीहरू उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशा तर्फ लैजाने योजना समेत गौतमले सुनाउनुभयो । 

 

गौमाताकोमहिमा अपरम्पार रहेको बताउँदै गौतमले विषपान गरेर पनि अमृत प्रदान गर्ने गौहरूको आश्रय स्थल गौशालालाई जीवन्त पाठशालाका रूपमा चित्रण गर्नुभयो । पोखरा आउने पर्यटकहरू, भ्रमणका लागि आउने विभिन्न स्वदेशी तथा विदेशी समूहहरू, विद्यार्थीहरू सवैसवैलाई गौशालासम्म पुग्ने अवस्थाको सृजना गरिने उहाँले बताउनुभयो ।

 

पवित्र उद्देश्यले थालिएको असल कर्मलाई भगवान्ले पूर्णता प्रदान गर्ने उल्लेख गर्दै भागवत भास्कर गौतमले असल कर्मका लागि उद्धत हुन प्रेरणा समेत प्रदान गर्नुभयो । हाल गौशालामा २५० बढी गाईहरू संरक्षित छन् ।

 

पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित गौशाला सडकमा छोडिएका पशुचौपायहरुको आश्रय स्थल बनेको छ ।

 

साथै महानगर क्षेत्रमा पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपायका धनीहरूलाई जथाभाबी रूपमा सडकमा पशुचौपाय नछोड्न महानगरपालिकाले पटक पटक आग्रह गर्दै आइरहेको छ । 

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्